सेयर बजार ४६ अंकले बढ्यो, करिब ६ अर्बको कारोबार

काठमाडौ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

मंगलबार नेप्से ४५ दशमलब ९८ अंकले बढेर दुई हजार एक सय ६.४८ अंक कायम भएको छ ।

मंगलबार क बर्गका कम्पनिहरुको मात्रै कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्सको कारोबारमा १ दशमलव ८ अंकले सुधार आइ ३ सय ९७ दशमलव ६,९ अंक कायम भयो । यस्तै फल्ट र सेन्सेटिभ फल्ट इन्डेक्सको कारोबारमा पनि सुधार भएको छ ।

मंगलबार एक सय ८३ कम्पनीका सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ।

मंगलबार एक करोड ६४ लाख ५७ हजार कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँबराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेजले जनाएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ