काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा नयाँ कार्यालय निर्माण गर्ने भएको छ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा यो कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ।
भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गर्ने बैंकको भनाइ छ।
कार्यालयको भवन निर्माणका लागि बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले हालै भूमिपूजन गरे। कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

जवाफ लेख्नुहोस्