३ सय ७ पालिकाले ल्याउन सकेनन बजेट

काठमाडौ । सात सय ५३ स्थानीय तहमध्ये चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट सार्वजनिक गरेका छन् ।

अझै ३०७ पालिकाले बजेट सार्वजनिक गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहले असार १० गतेभित्र आवको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि असार १७ गतेसम्म करिब ४२ प्रतिशत स्थानीय तहले बजेट ल्याउएका छन

अहिलेसम्म कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६२ पालिकाले बजेट ल्याएका छन भने १७ स्थानीय तहले बजेट ल्याएका छैनन । गण्डकी प्रदेशबाट ८५ स्थानीय तह रहेका छन तर ६४ पालिकाले बजेट ल्याए भने अझै २१ पालिकाले ल्याएका छैनन् ।

लुम्बिनी प्रदेशमा एक सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् र २९ पालिकाले ल्याउन बाँकी छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ५० वटा तहले बजेट ल्याएका छन् ।

बागमती प्रदेशका एक सय १९ पालिकामध्ये ६३ वटा, कोशी प्रदेशबाट एक सय ३७ मध्ये ६९ वटा र मधेस प्रदेशबाट एक सय ३६ पालिकामध्ये जम्मा ५८ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।

केही पालिकाले भने बजेट ल्याए पनि मन्त्रालयको वेबसाइटमा प्रविष्ट नगरेकाले तथ्याङ्कमा नदेखिएको हुनसक्ने मन्त्रालयले जनाएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ