सीजी डिजिटलको शोरुम भक्तपुरको गट्ठाघरमा

भक्तपुर । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ ।

एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गर्नुभयो ।

सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोदरेज, सेन्सी, मिडिया, बेको, ब्ल्याकंडेकर, केन्ट, एलिका, पिजन, क्रोम्पटन लगायतका विभिन्न घरायसी विद्धुतीय सामग्रीहरु एलईडी टीभी, वाशिङ्ग मशिन, रेफ्रिजरेटर, माइक्रो वेव ओवन, भ्याक्युम क्लिनर, डिशवाशर, एयर प्युरिफायर, म्यूजिक सिस्टम, राइस कुकर, मिक्सचर ग्राइन्डर, स्मार्ट घरेलु उपकरण, स्मार्ट होम उपकरणहरु लगायतका थुप्रै सामानहरु रहने छन् ।

भुइँ तलाको २२५० वर्गफिट क्षेत्रफलमा बनेको यस सी जी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ । जहाँ निस्शुल्क पार्किङ्गको पनि व्यवस्था रहेको सीजीले जनाएको छ ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको जनाइएको छ ।

दक्ष्य र अनुभवी विक्रय व्यक्तिहरुबाट यहाँ भएका विद्धुतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७ बजे सम्म संचालन हुने छ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम संचालन गरि सकेको छ। आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा विस्तार गरिने पनि जानकारी दिएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ