स्कोर्पियो एनको बुकिङ खुल्ला, ९० लाखदेखि १ करोड २४ लाख रुपैयाँसम्म मूल्य

काठमाडौं। महिन्द्राको नयाँ लोगोसहितको स्कोर्पियो एन नेपाली बजारमा बुकिङ खुल्ला गरिएको छ।

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटले आफ्नो सामाजिक सन्जालमार्फत नयाँ स्कोर्पियो एनको बुकिङ खुला गरिएको जनाएको छ।

नयाँ स्कोर्पियो एन गाडीको मूल्य ९० लाखदेखि १ करोड २४ लाख रुपैयाँसम्म तोकेको छ। गाडी बुकिङ गर्न ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।

कम्पनीका अनुसार नयाँ बहुप्रतिक्षित एसयूभी महिन्द्रा स्कोर्पियो एन नयाँ बडी-अन-फ्रेम प्लेटफर्ममा निर्मित छ। यो पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पहरूमा उपलब्ध हुनेछ।

महिन्द्रा स्कर्पियो एनले अविस्मरणीय डिजाइन, रोमाञ्चक प्रदर्शन र उच्च प्रविधिको साथ महिन्द्रा विरासतलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

यो गाडी आधुनिक सुविधाहरू र प्रविधिले सुसज्जित हुनेछ। यसमा क्रोम भर्टिकल स्ल्याट्ससहितको स्लेट गरिएको नयाँ ग्रिल, क्रमिक टर्न इन्डिकेटरसहितको डुअल प्रोजेक्टर हेडल्याम्प, नयाँ बम्पर र दुवै छेउमा नयाँ सी आकारको एलईडी डीआरएलहरू रहेका छन्।

नयाँ स्कर्पिओमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ। एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट बटम स्टेयरिङ ह्विल हुनेछ।

स्कोर्पियो एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर छन्।

स्कोर्पियो(एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ। यसमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ। महिन्द्रा स्कोर्पियो एन २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ