काठमाडौ । कुमारी बैंकले ११.११% को आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ।
यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बैंकले जनाएको छ।
बैंकका अनुसार अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा विनाझन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेछ।
यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसायमार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्साहनका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकले जनाएको छ।

जवाफ लेख्नुहोस्