जलविद्युत, पर्यटन एवम् प्रविधिको क्षेत्रमा लगानी दक्षिण कोरियालाई चेम्बरको आग्रह

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवम् व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन्।

अध्यक्ष मल्लले भने, दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ। लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत् आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ।

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवम् प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग आग्रह गरे।

भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे।
दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए।

उनले भने, ुहवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ। कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ।ु

अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरे। सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ।

जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन्। यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन्।


चेम्बरको स्वागतपछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए। उनले भने, ुनेपाल र कोरियाको सम्बन्ध आगामी वर्ष ५०औं वर्षमा पुग्दैछ।

नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताए।

नेपालमा उत्पादन हुने सबै वस्तुहरू वातावरण मैत्री भएको भन्दै राजदूतले यहाँ उत्पादित वस्तुहरू आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताए।

दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५०औं वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ