काठमाडौं । नेपालबाट पहिलोपटक पशुपालनका लागि उपयोगी हाइलेज (पशु आहार) चीन निर्यात सुरु भएको छ ।
चितवनको भरतपुरबाट चीनमा हाइलेज निर्यात सुरु गरिएको हो ।
भरतपुरमा उत्पादित प्याकिङ घाँस हाइलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।

हाइलेज पशु आहार १० बटा ट्रक करिब ८० टन हाइलेज चीनको सिगात्सेमा पठाइएको हो ।
सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ ।

जवाफ लेख्नुहोस्