घर कर्जाको सीमा ५० लाख बढ्यो, रेमिट्यान्स खातामा १ % थप ब्याजको निरन्तरता

काठमाडौ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएर २ करोड पुर्र्याएको हो । यसअघि घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँसम्मको थियो।

यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रेमिट्यान्स खातामा दिइँदै आएको १ प्रतिशत थप ब्याज दिने व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा खाता खोली रेमिट्यान्स पठाएमा कम्तीमा १ प्रतिशत थप ब्याज दिने व्यवस्था लाई निरन्तरता दिइएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ