सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ– सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले असार ३१ गते देखि निष्काशन तथा बिक्रि खुला गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन हो। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपीओ निष्काशन तथा बिक्रि खुला गरेको हो।

इन्स्योरेन्सले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दै छ। उक्त कुल निष्काशनको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणको निष्काशन गरेको हो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ