काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरेपछि सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५४ सय कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको थियो।

जवाफ लेख्नुहोस्