कैलालीमा एक जनामाथि खुकुरी प्रहार

धनगढी, ३ असोज । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ।

बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट उनी घाइते भएका छन्।

लेनदेनबारे विवाद हुँदा बुधबार बिहान वडा नम्बर ५ वस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले जनाएको छ।

आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ