कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको तयारी पुरा भएको छ ।

मुस्लिम सङ्घको महाधिवेशनको उदघाटन भोली राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन पर्सी असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन भोलि दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन । 

भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गरिरहेका छन।
 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ