नेपाल जनता पार्टीले गर्यो दायित्व तथा जिम्मेवारी विभाजन, साँस्कृतिक राष्ट्रबादको पक्षमा लड्ने प्रतिबद्धता

काठमाडौ । नेपाल जनता पार्टीको बागमति प्रदेशले कार्यकर्ता प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम गरेको छ ।

केन्द्रिय कार्यलय अनामनगर काठमाण्डौमा बसेको बैठकले अब देशमा सच्चा देशभक्त नेतृत्वको आवश्यकता रहेको भन्दै नेपाल जनता पार्टी सास्कृतिक राष्ट्रबादको पक्षमा लडने प्रतिबद्धता व्यक्त गरेको हो ।

देशमा छरिएर रहेको बिभिन्न धर्म र संस्किृतिलाई रक्षा गरेर अगाडी बढ्ने निर्णय भएको पार्टीका बरिष्ठ उपाध्यक्ष खेमनाथ आचार्यले बताउनुभयो आचार्यले राष्ट्रपिता पृथ्वीनारायया शाहले देशलाई एकिकरण गरेको भएपनि सबै नेपालीको भावनानात्मक एकिकरण गर्ने काम अझै बाँकी रहेको हुंदा पृथ्वीनारायया शाहले पुरा गर्न नसकेको भावनात्मक एकिकरण गर्ने अभियान अब नेपाल जनता पार्टीले पुरा गर्ने गरि अगाडी बढ्ने बताउनुभयो ।

बैठकमा बैदेशिक रोजगारलाई अन्तिम भविस्यको रुपमा स्थापित हुदै गईरहेको नेपाली युवाहरुलाई स्वदेशमै बस्ने बाताबरण सृजना गर्नुपर्ने साथै देशका बिभिन्न स्थानमा पछिल्लो समय सृजना भईरहेको धार्मिक साम्प्रदायिकता भड्काउने गतिबिधि प्रति प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।

आचार्यले देशको बिकासको निम्ति हिन्दु धर्मलाई रक्ष गर्नुपर्ने र सनातन रुपमा चलिआएका बेैदिक धर्म नै देशलाई रक्षा गर्ने बताउनुभएको थियो ।

त्यस्तै युवा संगठन प्रमुख होमराज ढकालले नेजपालाई यूवाहरुको रोजाईको पार्टीको रुपमा स्थापित गर्न र युवा शक्तिलाई देशमै अबसर सृजना गर्न नेजपा लाग्ने भनाई राख्नुभयो ।

प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रममा पार्टी सदस्यहरुलाई विभिन्न दायित्व तथा जिम्मेवारी विभाजन समेत दिइएको थियो ।

नयाँ जिम्मेवारीमा कविर मिश्रलाई सम्पर्क तथा समन्वय बिभागको प्रमुख,शुशिल चन्दलाई काठमाण्डौ गुल्मी सम्पर्क मंचको संयोजक साथै युवा संगठनको सदस्य,विजेन्द्र सुनामलाई उपत्यका प्रमुख तथा युवा संगठनको केन्द्रिय सदस्यको जिम्मेवारी दिइयो ।

यस्तै संजय जोशीलाई कंचन्पुर जिल्लाको युवा संगठन प्रमुख साथै युवा संगठनको केन्द्रय सदस्य,योगेन्द्र धामीलाई काठमाण्डौ कैलाली सम्पर्क मंचको प्रमुख साथै युवा संगठनको केन्द्रिय सदस्य, सर्बेश कुमार शाहलाई पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको छ ।

जरिना श्रेष्ठलाई काठमाण्डौ,ललिपतपुर र भक्तपुरको महिला संयोजक र काठमाण्डौ जिल्लाको युवा संगठन प्रमुख तथा युवा संगठन केन्द्रिय सदस्यमा स्वरुप कोईरालालाई मनोनितका गरिएको नेपाल जनता पार्टीले जनाएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ