१९ औं एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

काठमाडाैं । चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ। नेपालले भोलि शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ