एनआइसी एसिया क्यापिटललाई १ अर्ब रुपैयाँको म्युचुअल फन्डको अनुमति

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।   क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड–२’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ ।   हाल एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएका अन्य ४ वटा म्युचुअल फन्ड योजनाहरु बजारमा सूचीकृत रहेका छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ