जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह एमालेमा प्रवेश

काठमाडौं, १८ असोज । जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र छाडेर जनमत पुगेका उनी एमालेमा प्रवेश गरेका हुन् ।  

गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका थिए । 

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ