नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय

काठमाडौं, १८ असोज । नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ ।  १५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताएका छन् । महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ