पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौँकाे पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । पेप्सीकोला स्थित लक्ष्मण श्रेष्ठको घरबाट धनमाल चोरी भएको हाे । 

घर पछाडिको कोठा फुटाई प्रवेश गरेर चोरले मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ