नागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौँ । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सडकबाट बा १५ च ९०६४ नम्बरको कार खसेदा दुर्घटना भएकाे हाे । 

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र  छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ