युद्धमा कुनै पनि विजेता छैनः संयुक्त राष्ट्र एजेन्सी

न्युयोर्क, ११ कार्तिक । हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब बढेको हो । 

यसैबिचमा, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले पनि हमास–इजरायली द्वन्द्वमा युद्धविरामका लागि आह्वान गरेको छ ।

संयुक्त राष्ट्र एजेन्सी आईओएमले सामाजिक सञ्जालमार्फत भनेको छ,  ‘नागरिकहरू सुरक्षित हुनुपर्छ। युद्धमा कुनै पनि विजेता हुँदैन। सबैभन्दा कमजोरले सबैभन्दा भारी टोल तिर्छन्।’

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ