माछा मार्न गएका एकजनाको करेन्ट लागेर मृत्यु

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् । 

शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्र्रहरीलाई बताएका छन् । सँगै माछा मार्न गएका २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ