दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ ।  तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ। २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता  सेयर किनबेच भएकोछ ।  १९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। बाँकी ११ स्टकको मूल्य भने स्थिरे छ।   

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ