मकवानपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मनहरी–७ रमौली बस्ने २८ वर्षीय रिता सुनारी मगरको  मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजेको समयमा जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी मगरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ