एनसेलको सेयर बिक्रीबारे आजियाटाको सिइओको जवाफ मागौ : स्वर्णिम वाग्ले

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले एनसेलको सेयर बिक्रीबारे आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक सुदको जवाफ लिनुपर्ने बताउनुभएको छ ।

बुधबारको अर्थसमिति बैठकमा संसद वाग्लेले नेपालमा लगानीको वातावरण नभएको भनेर दिएको अभिव्यक्तिले नेपालको लगानीमा प्रभाव पार्ने भन्दै एनसेलसंग जवाफ माग गर्नुपर्ने बताउनुभएको हो ।

सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा आजियाटाले नेपालको वातावरण बिगार्न्रे काम गरेको भन्दै सुदलाई समेत पत्राचार गरेर जवाफको लिनुपर्ने वाग्लेको भनाई छ ।

वाग्लेले दूरसञ्चार ऐन र विदेशी लगानी हस्तान्तरण ऐन बाझिएकोले यसको समाधान हुनुपर्नेमा समेत जोड दिनुभयो

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ