सातामा सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५.६७ अंकले घटेर बन्द भएको छ । गत साताको विहीबारको तुलनामा यो साताको बिहिबारसम्मको अवधिमा उक्त अंकको गिरावटसँगै परिसूचक बन्द भएको हो ।

यो साताको आइतबार नेप्से परिसूचक १८५८.५३ अंकबाट कारोबार सुरु भएको थियो । जुन, अन्तिम कारोबार दिनसम्म १८.५२.७७ अंकमा आएर रोकिएको हो । यो साताको ५ दिनमध्ये ३ दिन घटेको नेप्से २ दिन भने बढेको थियो ।

आइतबार ७ अंकले घटेको नेप्से सोमबार ३ अंकले र मंगलबार १० अंकले घटेको थियो । यस्तै, बुधबार ३ अंकले बढ्दा बिहीबार ११ अंकले बढेको थियो । यो साता तीन कारोबार दिनमा समग्रमा २१ अंकले घटेको थियो भने दुई दिनमा १४ अंक बढेको थियो ।यो साता नेप्सेमा कूल ७ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ ।

जुन, गत साताको भन्दा ५ अर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ