काठमाडौं। लुम्बिनी विकास बैंकको ३७ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको हो। सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।
इच्छुक १५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको डिल्लीबजारस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।

जवाफ लेख्नुहोस्