ब्रोकर नं ९४ मार्फत के.बि.एल सेक्यूरिटिज सुरु , उत्कृष्ट र सर्वसुलभ सेवा दिन्छौ : सिइओ रेग्मी

काठमाडौ । के.बि.एल सेक्यूरिटिज लिमिटेडले धितोपत्र कारोवार सुरु गरेको छ । शेयर ब्रोकर नं ९४ मा कारोवार सुरु गरे संगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदानगर्ने कम्पनीको लक्ष्य छ । के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)विनय रेग्मीले जानकारी दिनुभयो ।

कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोवार शुभारम्भको उद्घाटन गर्नु भएको हो।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ