महासंघ-जेटीयूसीसी आर्थिक सहकार्य समझदारी

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियन महासंघहरूको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच समग्र आर्थिक विकासमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ ।

आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधारलगायत विषयमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको हो ।

यसमा महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ