नेशनल लाईफ इन्स्योरेन्सले गर्यो डा. भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई सहयोग गर्ने भएको छ।

इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई ७५ लाख बराबरको सहयोग गर्ने भएको हो।

नेशनल लाईफले उक्त अस्पतालको निर्माण परियोजनाका लागि ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउने गरी सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गर्नुभयो ।

डा.कोइरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताएको छ ।

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले काठमाडौं इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ