जय अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं। जय अम्बे स्टील्सले सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि पुष २६ गते कम्पनीको कर्पोरेट कार्यालय टेकु काठमाडौँमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको हो ।

कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सो प्रस्तावसहित सभा आह्‍वान गरेको हो।

सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, संचालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पनि सभाबाट अनुमोदन गर्ने छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ