टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा भनीमन्डलमा जारी

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरिरहेको छ ।

एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ०% ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि जम्मा रु.१,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ सम्म हुनेछ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ