नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।

आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्त भएपछि चौधरी नाडाको सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।

नाडाको आगामी नेतृत्वका लागि चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए । सिप्रदीका सिइओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि चौधरी र गोल्छाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो ।

तर, अहिलेको गम्भीर संकटका बेलामा व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने महसुस गरेर सर्वसम्मत अध्यक्ष चौधरी बन्नुभएको हो ।

चौधरी सिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुनुहुुन्छ । मारुती सुजुकी गाडी बिक्री–वितरण गर्दै आइरहेको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा जस्तै नाडामा पनि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष हुने व्यवस्था गर्ने सहमति भएको हो ।

नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ। २१ गते नयाँ कार्यसमिति चयन हुने छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ