काठमाडौ । हिमालयन एयरलाइन्सले नेपाल–ल्हासा सिधा हवाई उडान सुरु गरेको छ ।
एयरलाइन्सले बिहीबारदेखि काठमाडौबाट लासा नियमित उडान सुरु गरेको हो ।
उडान सुरु संगै कम्पनीले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवरद्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ ।
काठमाण्डौ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताउनुभयो ।उहाँले उडान सुरु संगैनेपाल र चीनबिचको सम्बन्ध बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।

काठमाडौ–ल्हासा– काठमाडौ रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाण्डौ र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहजयात्राको विकल्प प्रदान गर्ने पनि कम्पनीले बताएको छ ।
सो अवसरमा चीनियाँ दूतावासकाउपप्रमुख वाङ जिनरलगायतका अन्य विशिष्ट व्यक्तिहरूलाई कम्पनीका अध्यक्ष झोउ एनयोङले स्वागत गर्नु भएको थियो ।


जवाफ लेख्नुहोस्