जुम्ला जिल्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताउनुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा(माओवादी केन्द्र)का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयाे ।

उहाँले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाउनु भएको भेटमा सहभागी लेखक एवम् पत्रकार मनऋषि धितालले जानकारी दिनुभयाे

।सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो ।

गाउँ–गाउँमा सङ्गठन विस्तार तथा सरकारको काम कारबाहीलाईसमेत जनस्तरमा पु¥याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको थियाे ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ