एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा कमल खड्का नियुक्त


काठमाडौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा कमल खड्का नियुक्त हुनुभएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्काज्यूलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको हो ।

लघुवित्त वित्तीय संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ । उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पबाट प्रतिनिधित्व गर्दै आई रहनुभएको थियो ।

नव नियुक्त सञ्चालक खड्कालाई संस्थाका अध्यक्ष सन्तोष कुमार राठीले समक्ष शपथ ग्रहण गराउनस भएको हो । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहनु भएका खड्का एन आई सी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ ।

उहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास गरेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ