नाडा अध्यक्षमा करण चौधरी निर्विरोध, कार्यसमितिका २४ सदस्य सर्वसम्मत चयन

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । एसोसिएसनको ४७औं साधारण सभाबाट चौधरी निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको हो ।

यस्तै नयाँ कार्यसमितिका २४ जना सदस्य पनि निर्विरोध चयन भएको छ ।

सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा छन्। सदस्यमा निर्वाचित हुने अन्यमा निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी हुनुहुन्छ ।

यसैगरी संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध बिजयी हुनुभएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ