आगामी बजेट उत्पादनमा केन्द्रित हुन्छ, स्रोत नभएको योजना आउँदैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् ।

उनले प्रि बजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सिमित स्रोत र साधनलाई हेरेर उत्पादनशिल क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए।

विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको उनले बताए ।

विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभइ आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताए । उनले आयोजनाहरुमा बजेट नै नराखि ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको उनको भनाई थियो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ