कुमारी बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । कुमारी बैंकले तेईसौं वार्षिक साधारण सभा गरेको छ ।

साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंब राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिलातर्फबाट सम्रन अग्रवाल निर्वाचित भएका छन् ।

आइतबार गरेको सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पेश गरिएको थियो । यस्तै आ.ब. २०७९र८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०र८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ