नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की  निर्वाचित

सिन्धुपाल्चोक । नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की  निर्वाचित भएका छन् ।

संघको २४औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा  कार्कीले ४३४ मत ल्याएका थिए ।  

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडि पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई  निर्वाचित भएका छन् ।

यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । 

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ