अर्थमन्त्री बने बर्षमान

काठमाडौं । अर्थमन्त्रीमा माओवादी उप महासचिव बर्षमान पुन बन्ने भएका छन ।

माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए ।

२०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए ।

त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए । पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ