रियल मड्रिडले सेल्टा भिगोलाई ४-० ले हरायो

काठमाडौं । स्पेनी ला लिगामा रियल म्यड्रिडले सेल्टा भिगोलाई ४–० ले हराएको छ। 

यो जितसँगै रियल ला लिगाको उपाधिको प्रमुख दाबेदार बनेको छ।  जितपछि रियलले शीर्ष स्थानमा सात अंकको दोस्रो अग्रता लिएको छ। उसको ६९ अंक भएको छ।

दोस्रो स्थानमा रहेको जिरोनाको ६२ अंक छ भने बार्सिलोना ६१ अंकमा तेस्रो स्थानमा छ। बर्नबाउमा भएको खेलमा भिनिसियस जुनियरले सुरुआती गोल गरेपछि दुई आत्मघाती गोल भएको थियो। आरडा गुलेर चौथो गोल गरे।

गएराति नै भएका अन्य खेलमा एलाभेसले रायो भाल्कानोलाई १–०, एथलेटिको बिलबाओले लास पाल्मासलाई २–० र भिल्लारियलले रियल बेटिसलाई ३–२ ले हरायो। 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ