सिद्धार्थ बैङ्ककाे ‘ग्लोबल मनि विक’ , विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ ।  सिद्धार्थ बैङ्कले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनि विक २०२४’को अवसर पारी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

यस वर्षको ग्लोबल मनी विक २०२४ को नारा ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’लाई सार्थक बनाउने प्रयास स्वरूप बैङ्कले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको थियो । 

बैङ्कले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ विद्यार्थीहरूमा वित्तिय ज्ञान, सिप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १ हजार ७६० जना विद्यार्र्थीहरूको सहभागीता रहेको थियो । 

साथै, विद्यार्थीहरूलाई बैङ्कको आधारभूत बैङ्किङ्ग सञ्चालन र विभिन्न बैङ्किङ्ग माध्यमहरू सम्बन्धी व्यवहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्थीहरूलाई बैङ्कको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो 

बैङ्कले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु-याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरू सञ्चालन गरेको हो । 

उक्त कार्यक्रमहरूबाट वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनि विक’को उद्देश्यहरूलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैङ्कले लिएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ