आजको सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको सोमबार भने बढेन ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार र सोमबार पनि उस्तै छ ।

आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि हिजो कै मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ