यती एयरलाइन्सको टिकट आइएमई पेमार्फत भुक्तानी गर्दा मनसुन छुट पाइने

काठमाडौ । यती एयरलाइन्सको टिकट आइएमई पेमार्फत भुक्तानी गर्दा मनसुन छुट पाइने भएको छ।

‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटेर भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन्।

सो छुट प्राप्त गर्न सेवाग्राहीले टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘MONSOONYT51’ प्रयोग गर्नुपर्ने हुन्छ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट आगामी असार ३१ गतेसम्म रहने कम्पनीले जनाएको छ। 

आइएमई पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ