काठमाडौ । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो।
भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो।
स्टान्डर्डको मूल्य भारु ८३ हजार चार सय तोकिएको छ भने स्मार्ट भेरियन्टको मूल्य भारु ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ।

जवाफ लेख्नुहोस्