नेपाल वायुसेवा निगमले माग्यो एयर होस्टेज

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन माग गरेको छ ।

निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा ३० जनाको माग गरेको हो ।

एयर होस्टेजको आवेदनको लागि नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

एयर होस्टेजको लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्ने निगमले जनाएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ