नेपालमहिला फुटबल टिमको समर्थन गर्नयुनिलिभर नेपाल लिमिटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी

व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथअखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको सहर्ष घोषणा गर्दछ । यस उल्लेखनीय सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ ।

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताकामहिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउन खोजेको छ ।

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमामहिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ । साथै उक्तटोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताकामहिला खेलाडीलाई प्रोत्साहितगर्दै भविष्यमाअन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमापु¥याउने लक्ष्यलिएको छ ।

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकरात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजनाएवम् सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तिकरणमा बलियो अडान लिने गरेको छ । यस कम्पनीका ब्राण्डहरुः लाइफब्वाय(Lifebuoy) र डभ (Dove) ले,स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानकोप्रर्वधनगर्दै, समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौतीदिनेकुरामाअग्रपङ्क्तिमा रहेका छन् । यी ब्राण्डहरुप्रतिको विश्वासलाई सदुपयोग गरेर युनिलिभर नेपालले, समुदायहरूलाई सशक्तबनाउन र महिला खेलाडीहरूको लागिदिगो परिवर्तन सृजना गर्न आफ्नो प्रयास सदैव जारी राख्नेछ ।

युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो । युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एक साथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ