‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । आगामी साउन १९ गते प्रर्दशनमा आउने चलचित्र अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको अदृश्यको २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा चलचित्रले देखाउन खोजेको छ ।

चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेकोको छ ।

सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । चलचित्रको सह निर्मातामा रविन अधिकारी र रिकेश खत्री रहेका छन ।

चलचित्रमा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीतरहेको छ भने शिशिर खातीको कोरियोग्राफी गरेका छन ।

मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

https://youtu.be/FLVlozOBjL0

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ