नेकपा एसकी उपमहासचिवकी बहिनी एमालेमा फर्किइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् ।

नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी बहिनी कमला तुलाधर एमालेमा फर्किएकी हुन । 

आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ